दफा ३८
कबुलियतनामा गर्नु पर्ने
(१) निशुल्क वा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीले अध्ययन पश्चात् नेपाल सरकारले खटाएको दुर्गममा एक वर्ष र सुगममा एक वर्ष काम गर्ने गरी कबुलियतनामा गर्नु पर्नेछ।
(२) कुनै विद्यार्थीले कबुलियतनामा अनुसार काम नगरेमा सम्बन्धित शिक्षण संस्थामा पूर्ण शुल्क तिर्ने विद्यार्थीले तिरेको रकमको दोब्बर रकम जरिवाना गरी निजबाट सरकारी बाँकी सरह असुल उपर गरिनेछ।
(३) उपदफा (१) को प्रयोजनको लागि निशुल्क वा छात्रवृत्तिमा अध्ययन गरेको विद्यार्थीले अध्ययन पूरा गरेको एक महिनाभित्र शिक्षा सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालयमा सम्पर्क गर्नु पर्नेछ र सो मन्त्रालयले त्यस्तो विद्यार्थीलाई कुनै ठाउँमा काम गर्ने गरी तीन महिनाभित्र नियुक्ति गर्न स्वास्थ्य सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालयमा लेखी पठाउनु पर्नेछ।